सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको हर्कत, भोट किन्न मन्त्री आलेकी वृद्ध आमालाई झुक्काएर पैसा दिएको खुलासा !
समाचार

एमालेको हर्कत, भोट किन्न मन्त्री आलेकी वृद्ध आमालाई झुक्काएर पैसा दिएको खुलासा !

काठमाडौं । डोटीमा बहालवाला मन्त्रीकै बयोवृद्धा आमालाई नेकपा एमालेका उम्मेदवारले पैसा दिएको खुलेको छ। पर्यटनमन्त्री प्रेम आलेकी आमाले नै एमाले उम्मेदवारले भोट माग्न आउँदा आफूलाई पैसा दिएर गएको बताएकी हुन्।

मन्त्री आलेको गाउँपालिकामा आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई कमजोर बनाउन एमाले उम्मेदवारले पैसा बाँडेको आरोप उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताको छ ।

विज्ञापन

डोटीको रुवास्काँडास्थित मन्त्री आलेको पुर्ख्यौली घरमै भेटिएकी ७९ वर्षीया आमा गंगादेवी आलेलाई आफूलाई एमालेका तर्फबाट जोरायल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्लामीले १ हजार दिएका थिए।

विज्ञापन

आफूले चाहिँदैन, लिन्न भन्दा भन्दै चिया खान भनेर एक हजार छाडेर गएको ओलेकी आमको भनाइ छ। गंगादेवीका अनुसार मन्त्री आलेले घर व्यवहारलाई चाहिने पैसा आफैं दिने गरेका छन् । मन्त्री आले आमालाई भेट्न बेलाबेलामा घर पुग्ने गरेका छन् ।

तीन दिनअगाडि मात्रै पार्टीको कामका लागि जिल्ला आएका आले घर पुगेर फर्किएका थिए । आमा गंगादेवी गाउँमा कान्छा छोरा रुद्र आले मगरसँग बस्दै आएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस