आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • गर्भवती महिलालाई मासिक एकहजार भत्ता : विजय सुवेदी
समाचार

गर्भवती महिलालाई मासिक एकहजार भत्ता : विजय सुवेदी

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदका उमेदवार विजय सुवेदीले आफू निर्वाचित भएपछि गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।

नेकपा (एमाले) भरतपुर–१२ ले आज गरेको चुनावी कोणसभामा बोल्दै मेयर उमेदवार सुवेदीले यस्तो घोषणा गरेका हुन् ।
आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती महिला दिदिबहिनीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताए ।

विज्ञापन

‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरु प्रति सम्मान छ। यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा गर्भवती महिलालाई मासिक एकहजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु’, सुवेदीले भने ।
निस्वार्थ, निश्पक्ष ढंगले काम गरि महानगरमा शुसासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उनले बताए ।
भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिवद्दता ब्यक्त गरे ।

विज्ञापन

कार्यक्रममा भरतपुर–१२ का वडा अध्यक्ष उमेदवार लेखराज पन्त ‘हरी’ले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताए । वडा कमिटी ईन्चार्ज शेषमणि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस