काठमाडौं । स्थानीय तहको निर्वाचनको चटारोमा दलहरु रहँदा कम्युनिस्ट नेता बामदेव गौतमले भने नयाँ पार्टी गठन गर्ने गृहकार्य थालेका छन्।
स्थानीय तहको निर्वाचनपछि राजनीतिमा ‘कमब्याक’ गर्ने सोचिरहेको र त्यसकै गृहकार्यमा व्यस्त रहेको गौतमले बताएका छन्। १२ जनाको सल्लाहकार समिति बनाएर राजनीतिको नयाँ नक्सा कोरिरहेको उनको दाबी छ। यद्यपि, एमाले वा नेकपा एसबाटै राजनीति गर्ने कि आफ्नै पार्टी खोल्ने भनेर निर्णय गरिनसकेको उनले बताए ।
विज्ञापन
‘अहिलेको स्थितिमा मैले एमालेबाट राजीनामा गरेर बसिरहेको छु। एकीकृत समाजवादीमा जाने कुरा पनि मिलेन। माओवादी र कांग्रेसमा त जाने कुरै भएन,’ गौतमले भनेका छन्, ‘त्यसैले स्थानीय निर्वाचनपछि, अहिले भइरहेका पार्टीमा जाने कि नयाँ पार्टी खोल्ने वा बाम एकताको प्रयत्नमा जोड दिने भन्ने विषयमा मेरा ‘कोर टिम’सँग छलफल गर्दैछु।’
विज्ञापन
उनले भनेको कोर टिममा १२ जना सदस्य छन्। अहिले एमालेमा रहेका कतिपय नेतासमेत सो टिममा रहेको उनको दाबी छ। ‘मैले सुरु गरेको नेकपा एकता राष्ट्रिय अभियानको कार्यसम्पादन कमिटीमा १ सय ७३ जना हुनुहुन्छ। जो जहाँ जानुभयो, उहाँहरु फर्किएर मैसँग आउने सल्लाह भइसकेको छ,’ उनले भने। बामदेव लामो समय एमालेमा राजनीति गरेका नेता हुन्।
यसअघि उनी एमाले उपाध्यक्ष थिए। तर, तत्कालिन नेकपा र एमाले फुटेपछि उनी राजनीतिका निस्किृय छन्। बाम एकता गर्नुपर्छ भन्दै हिँडेका उनका कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले नसुनेपछि उनले राजिनामा दिएका थिए।
फेसबुक प्रतिक्रियाहरु