सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • व्यक्तिगत स्वार्थका कारण कम्युनिष्ट आन्दोलन कमजोर : मोहनविक्रम सिंह
समाचार

व्यक्तिगत स्वार्थका कारण कम्युनिष्ट आन्दोलन कमजोर : मोहनविक्रम सिंह

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले व्यक्तिगत स्वार्थ हावी हुँदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताएका छन्।

नेकपाको ७४ औँ स्थापन दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले क्रान्तिकारी विचारको रक्षाका लागि गलत विचार र प्रवृतिलाई निस्तेज पार्नुपर्ने बताए।

विज्ञापन

सही विचार अपनाउन नसक्दा कैयौं कम्युनिष्ट पार्टी विघटन भएका वा अवसरवादी संगठनमा परिणत भएका उनले बताए। रुसमा लाखौं सदस्य भएपनि गलत विचार अँगाल्दा कम्युनिष्ट आन्दोलन पतन भएको सिंहको भनाई थियो।

विज्ञापन

संगठन निर्माण र सिद्धान्त रक्षालाई सँगसँगै अगाडि बढाउनुपर्नेमा सिंहले जोड दिए।

‘एउटा पक्ष कमजोर भए कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ। जस्तै रुसमा कम्युनिष्टको पतन भयो’ सिंहले भने, ‘लेनिन स्टालिनको मृत्यु पछि वैचारिक संघर्ष कमजोर भयो अनि समाजवादको अन्त्य भयो।’

कम्युनिष्ट पार्टीले आन्दोलनलाई सही वैचारिक रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘माओवादी एमालेमा व्यक्तिगत स्वार्थको प्रवृत्तिले गर्दा गलत बाटोमा गए। आज हामी भित्र पनि त्यो प्रवृत्ति छ। त्यसबाट मुक्त हुन पर्छ।’

महामन्त्री सिंहले जो सत्तामा गयो त्यसैका पछि दौडिरहने प्रवृति बढेको बताए।

‘भ्रष्टाचार गर्ने, सम्पत्ति जोड्ने, सुख सयल गर्ने। यो खतरा हो कम्युनिस्ट आन्दोलनको लागि’ उनले भने, ‘अहिले पनि युवा विद्यार्थीमा सैद्धान्तिक अध्ययनको कमीले विचार र क्रान्तिकारी स्प्रिट कमजोर हुने गरेको छ।

सिंहले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिगमन निम्त्याउन प्रयासरत रहेको आरोप लगाउँदै दशकौँ लडेर ल्याएको गणतन्त्रमा खतरा कायम रहेको बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर थापा र घनश्याम न्यौपानेलगायत नेताहरुले धारणा राखेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस