सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • हाम्रा जनप्रतिनिधिले काम गरेनन् भने म कारबाही गर्छु : रेखा थापा
समाचार

हाम्रा जनप्रतिनिधिले काम गरेनन् भने म कारबाही गर्छु : रेखा थापा

बुटवल ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा प्रखर वक्ता रेखा थापाले राप्रपाले धेरै सपना नबाँड्ने र जनताको सरोकारको विषयमात्रै बोल्ने बताएकी छिन्।

विज्ञापन

‘यो नगरमा जो उठ्नुहुन्छ तपाईंहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पूरा गर्नुभएन भने मलाई भन्नुस्, म समातेर ल्याएर तपाईंका काखमा राखिदिन्छु’, उनले भनिन्,‘तपाईंहरूको साथमा रहेर म जनकारबाही गर्छु। एज अ कालारकारको हिवासले पनि र जनताको हैसियतले पनि,’ बुटवलमा विशाल आमसभालाई सम्बोधन गर्दै थापाले थापाले भनिन्।

विज्ञापन

 

थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन्। उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन्।

‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ। राप्रपा जनतालाई नेता र भगवान मान्छ। पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन,’ थापाले भनिन्।

थापाले प्रश्न गरिन्,‘मैलेभन्दा भाषा असभ्य लाग्ला, हाम्रो नेताहरुले देश बेचेर खाइसके, विचार बेचिसके। विदेशीसँग लम्पसार परिसके। त्यही कुरा नहोस् भनेर सकारात्मक अभियानका लागि राप्रपा होमिएका हौँ।’

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस