चितवन । भरतपुरमा नयाँ वर्षको दिनदेखि स्मार्ट लाईटको जडान कार्य सुरु भएको छ । भरतपुरको चौविसकोठी लगायत मुख्य स्थानमा स्र्माट लाईट बत्ती बल्न सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा महानगरपालिको विभिन्न स्थानमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागेको हो ।
विज्ञापन
महानगरको विभिन्न ७८ दशमलव १ किलोमिटर मुख्य सडक र मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान हुने महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको मेयर दाहालको भनाई छ । ६ महिनाअघि स्मार्ट लाईटको कार्य बढेको थियो ।
विज्ञापन
महानगरभित्र १९३३ विभिन्न स्थानमा ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँको लागत स्मार्ट लाईट जडान हुनेछ । स्मार्ट स्ट्रिट लाइट जडानको काम सेफ स्टिल, सूर्योदय उर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौंले गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु