बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • फेरि पूजा र आकाशको सहकार्य हुनसक्छ ?
समाचार

फेरि पूजा र आकाशको सहकार्य हुनसक्छ ?

फिल्म ‘रामकहानी’बाट हटकेक बनेको जोडी हो, पूजा शर्मा र आकाश श्रेष्ठ । यो फिल्मपछि उनीहरु मेकरको मात्र नजरमा परेनन्, दर्शकहरुको पनि फेभरेट बने । फ्यानहरुले उनीहरुलाई बिहेका लागि दबाब समेत दिन थालेका थिए । केही समय उनीहरु प्रेममा रहेको चर्चा पनि चल्यो । तर, गत वर्ष आकाशले पूजाको मन दुखाउने एउटा काम गरेपछि यो जोडीको व्यक्तिगत सम्बन्ध टुंगियो ।

‘रामकहानी’पछि पूजा र आकाशले ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्‍यो काले’ र ‘सम्झना बिर्सना’ फिल्ममा एकसाथ काम गरे । म्यूजिक भिडियो त गनी साध्यै छैन । व्यक्तिगत सम्बन्धमा पूर्णविराम लगाएपनि व्यवसायिक सम्बन्धलाई कायम राखेका उनीहरु सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिन्छन् । फरक यत्ति मात्र छ कि पहिला एउटै गाडीमा एकसाथ पुग्थे, अहिले अलग-अलग ।

विज्ञापन

आइतवार फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक कार्यक्रममा पनि पूजा र आकाश छुट्टा-छुट्टै पुगेका थिए । तर, कार्यक्रमभरी उनीहरुबीच कानेखुसी र हाँसो-ठट्टा रोकिएन । कार्यक्रममा पूजाले आकाशसँग काम गर्न आफूलाई कम्फर्टेबल महशुस हुने बताइन् । आकाशले पनि पूजासँग काम गर्दा रमाइलो भएको अनुभव साटे । उनीहरुले सम्बन्ध विग्रिएको कुराको गन्ध पनि हुन दिएनन् ।

विज्ञापन

तर, बजारमा चलिरहेको सम्बन्ध चिसिएको कुराप्रति इंकित गर्दै एक पत्रकारले पूजालाई सोधे, ‘के भोलीका दिनमा आकाशसँग फिल्ममा काम गरिन्छ ?’ पूजाले एक सेकेण्ड पनि नसोचि भनिन्, ‘गरिन्छ नी । ऊ पनि कलाकार म पनि कलाकार । ऊ र मैले गर्नै नहुने भन्ने त लेखेको छैन होला क्यारे ।’ आकाशसँग फिल्ममा काम गर्नका लागि धेरै प्रस्ताव आएको पनि पूजाले जानकारी गराइन् ।

उनले अगाडि भनिन्, ‘मलाई अफर आउने प्रायः प्रोजेक्टमा निर्माता/निर्देशकहरुले आकाश श्रेष्ठलाई मुख्य नायकमा लिने चाहना देखाउनु हुन्छ । तर, म मेरो अपोजिटमा को हुन्छ भन्दा पनि स्क्रिप्ट र चरित्र कस्तो छ भन्ने कुरालाई महत्त्व दिन्छु । विशेषगरी बाहिरबाट आकाश र मलाई लिएर फिल्मको अफर आइरहेको छ । आकाशसँग फिल्ममा काम गर्नका लागि मलाई आपत्ति छैन ।’

पूजाले आफूले अभिनय गरेको फिल्मलाई होम प्रोडक्सन र बाहिरको भनेर छुट्याउने नगरेको पनि बताइन् । ‘मेरो कारण फिल्म असफल भयो भन्ने सुन्न नपरोस् भन्ने लाग्छ । त्यसैले दर्शकसम्म फिल्म पुर्‍याउन मबाट कुनै कसर बाँकी रहँदैन । दर्शकले फिल्म मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । म के सोच्छु भने म मात्र सक्सेस भएर हुँदैन, निर्माता पनि सक्सेस हुनुपर्छ,’ उनले भनिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस