काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको बताएका छन् ।
एनआरएनको नयाँ नेतृत्वलाई बधाई दिँदै प्रचण्डले निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने माग जायज रहेको पनि बताए ।
विज्ञापन
विज्ञापन
“ निर्वाचन प्रक्रियामा गैरअवासीय नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने । किनभने अहिले विज्ञान प्रविधिले त विभिन्न टेक्नोलोजीबाट संसारलाई एकदमै सानो बनाइदियो । किन त्योबाट बञ्चित गर्ने । लाखौं नेपालीहरु विदेशमा रहेको यथार्थ छ भने उनीहरु पनि यहाँको राजनीतिक नेतृत्व चयन गर्ने, निर्वाचित गर्ने प्रक्रियामा किन सामेल नहुने ? भन्ने कुरा जायज छ,” उनले भने ।
स्थानीय तहको निर्वाचनमा सम्भव नहुने र संघ र प्रदेशको निर्वाचनमा भने कानुन बने निर्वाचन अधिकार दिन सम्भव हुने उनको भनाइ छ ।
“हामी छलफलमा त छौं । स्थानीय चुनावमा त सकिने कुरा भएन । आइ नै हाल्यो । तर, पार्टीहरुभित्र डिबेट छ । उपाय खोजी गरेर जो लाखौं बाहिर बसिरहेका छन् । तिनीहरुलाई पनि भोटिङ राइट दिलाउनेतिर नै बहस छ ,” प्रचण्डले भने,“सायद संघ र प्रदेशको चुनावसम्म आवश्यक कानुन निर्माण गर्न सकियो भने तपाईंहरुको त्यो माग पूर्ति हुन्छ ।”
फेसबुक प्रतिक्रियाहरु