बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वमुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सहित चार सय जना चैत १७ गते एमाले प्रवेश गर्दै
समाचार

पूर्वमुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सहित चार सय जना चैत १७ गते एमाले प्रवेश गर्दै

नेकपा एमालेमा यति बेला प्रभाबशालि ब्यक्ति प्रबेशको लर्काे नै लागेको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्य एमाले प्रवेश गर्ने भएका हुन् ।

विज्ञापन

उनी यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा उनी एमाले प्रवेश गर्ने भएका हुन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नागेन्द्र शाही नेश्नलले बताए ।

विज्ञापन

अध्यक्ष ओलीले करिब चार सय जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको शाहीको दाबी छ ।

संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रूपमा लिएर पार्टी प्रवेश गर्न लागेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस