बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • रेखा र ज्ञानबहादुर अध्यक्ष लिङ्देनको मनोनित सूचीमा परेनन्
समाचार

रेखा र ज्ञानबहादुर अध्यक्ष लिङ्देनको मनोनित सूचीमा परेनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

विज्ञापन

कार्यसम्पादनमा अध्यक्ष लिङ्देनका साथै उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ र मुकुन्दश्याम गिरी रहेका छन् ।

विज्ञापन

महामन्त्रीहरू धवलशम्शेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन् ।

केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार पनि कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएको प्रचार विभागका प्रमुख श्रेष्ठले जनाएका छन् ।

कार्यसम्पादन समितिमा केन्द्रीय सदस्य रेखा थापा र ज्ञानबहादुर शाही भने मनोनयनमा परेकी छैनिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस