सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • मेरो न्वारनको नाम सुर्जेकुमारी हो : करिश्मा मानन्धर
समाचार

मेरो न्वारनको नाम सुर्जेकुमारी हो : करिश्मा मानन्धर

काठमाडौँ । गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा आफु एउटा नयाँ मान्छे भएको बताएकी छिन् । आज सोमबार पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी छन् । उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी हुन्।

आफु भर्खर छिरेको मान्छेलाई पनि कार्यक्रममा बोल्न अघि सारेको धन्यवाद समेत दिईन् । उनले भनिन्, यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

विज्ञापन

त्यस्तै विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् । भाषणको क्रममा अन्त्यमा उनले एउटा नयाँ कुराको खुलासा पनि गरिन् ।

विज्ञापन

उनले भनिन्- ‘एउटा कुरा रिभिल गरिदिउँ जस्तो लाग्यो, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’ भाषणको अन्त्यमा करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी समेत गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस