आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • आफ्नै तागतमा चुनाव लड्छौं : अध्यक्ष दाहाल
समाचार

आफ्नै तागतमा चुनाव लड्छौं : अध्यक्ष दाहाल

रोल्पा ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत उनले गरे।

 

आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताए । ‘गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो’, उनले भने ।

 

तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने, ‘संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो ।’ उक्त गठबन्धनको अझै खाँचो भएको उनको दाबी छ । केही दिनअघि राजनीतिक कार्यक्रममा भाग लिन गृह जिल्ला आएका पार्टी प्रवक्ता महरालाई दाहालले घरमै पुगेर भेटेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस