२० करोडको बजेटमा बनेको हिन्दी फिल्म ‘द काश्मिर फाइल्स्’ले बक्स अफिसमा नयाँ रेकर्ड सेट गरिदिएको छ । बक्स अफिसमा २ साता अगाडि रिलिज हुँदै गर्दा यो फिल्म लगानी उठाउन पनि सफल हुन्छ या हुँदैन भन्ने धेरैलाई लागेको थियो ।
तर, रिलिजको १३ दिनमा फिल्मले २ सय करोडको बक्स अफिस आँकडा छोएको छ । यसलाई बलिउड पण्डितहरु आश्चर्यको कुरा मान्छन् ।
विज्ञापन
यो फिल्मले नायक अक्षय कुमार र नायिका कट्रिना कैफको फिल्म ‘सूर्यवंशी’को लाइफ टाइम कलेक्शनलाई पार गरेको छ । फिल्मले बक्स अफिसमा ३ सय करोड कमाउने विश्लेषण गरिएको छ ।
विज्ञापन
दोश्रो साताको शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार १२.४० करोड, मंगलबार १०.२५ करोड र वुधबार १०.०३ करोडको कमाई गर्दै फिल्मले बक्स अफिसमा २ सय करोडको लोभलाग्दो आँकडा पार गरेको हो ।
कोरोना महामारीपछि रिलिज भएका हिन्दी फिल्ममा सबैभन्दा बढी कमाउने फिल्मको नाममा ‘द काश्मिर फाइल्स्’ दर्ता भएको छ ।
फिल्मले काश्मिरबाट भारतीय पण्डितहरुलाई कसरी लखेटियो भन्ने कथालाई प्रस्तुत गरेको छ । फिल्मले बक्स अफिसमा नयाँ उछाल ल्याइरहँदा यसको कथावस्तुलाई लिएर समर्थन र विरोध दुबै भैरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु