शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • विपन्न वर्गका १७ घरधुरीलाई भरतपुर महानगरको पहलमा निशुल्क विद्युत मिटर बक्स वितरण
समाचार

विपन्न वर्गका १७ घरधुरीलाई भरतपुर महानगरको पहलमा निशुल्क विद्युत मिटर बक्स वितरण

चितवन ।

चितवनको भरतपुर महानगरमा वागमती प्रदेशमा नै पहिलो पटक यहाँका विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ । भरतपुर महानगरको संयोजनमा नेपाल विद्युत प्राधिकरण भरतपुरले भरतपुर वडा नम्बर २२ का विपन्न वर्गका १७ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स वितरण गरेको वडा अध्यक्ष विष्णुराज महत्तोले जानकारी दिए ।

विज्ञापन

एक कार्यक्रममा यहाँका भरतपुर २२ को पहिलो चरणमा विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १८ जनालाई मिटर बक्स मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, भूमी आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीना, विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिव सिंह र वडा अध्यक्ष विष्णुराज महत्तोले संयुक्त रुपमा मिटर बक्स वितरण गरेका थिए । विद्युत मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका महानगरवासीलाई राहत मिलेको छ ।

विज्ञापन

 

 

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले विकास र निर्माणसगैँ जनताका आधारभूत आवश्यकता पुरा गर्ने अभियान अन्र्तगत आफुहरुले विद्युत प्राधिकरणको सहकार्यमा निशुल्क विद्युत मिटर वितरण गर्न पाउदा निकै खुसी लागेको बताईन् । उनले आर्थिक अवस्था कमजोर भएका (विपन्न वर्ग) घरपरिवारलाई निशुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन हुनु महानगरको एउटा अर्को उपलब्धी भएको समेत स्पष्ट पारिन् ।

विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने प्राधिकरणका ई . राजेन्द्र पौडेलले बताए। प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन् । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने प्राधिकरणका प्रमुख राजिव सिंहले जानकारी दिए ।

निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने, खपत समेत बढ्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ,’ प्राधिकरणका प्रमुख सिंहले बताए । यो कार्यक्रम भरतपुरको अन्य वडामा समेत सुरु हुने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निशुल्क मिटर जडान सुरु गरेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस