नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले आफूहरुको पार्टी दिनदिनै बढिरहेको बताएका छन्।
अभिनेत्री करिश्मा मानन्धर, पूर्वमन्त्री प्रेमबहादुर सिंह र माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन मंगलबार आयोजित कार्यक्रममा ओलीले यसो भनेका हुन्।
विज्ञापन
‘अहिले एमालेका नौ लाख कार्यकर्ता छन्। यति धेरै साथीहरु अटाएका छन्। एमालेको संख्या बढेको बढ्यै छ’, उनले भने, ‘एमाले दिनदिनै बढिरहेको छ। सबै साथीहरुलाई यसमा अटाएर लैजान्छौँ।’
विज्ञापन
उनले एमाले नचाहिँदो काम नगर्ने पनि बताएका छन्। ‘वाइड बडी खरिद गर्दा भ्रष्टाचार अरु गर्छन् अनि दोष एमालेलाई लाउँछन्’, उनले भने, ‘हामी दायाँबायाँ गर्दैनौँ। देशको समृद्धि र जनतालाई सुखी राख्ने काममा लागेका छौँ।’
एमालेको सरकार आएपछि विकासको प्रतिफल सबैलाई बराबरी दिने पनि उनले बताए। ‘विकासको प्रतिफल सबैलाई बराबरी हुनुपर्छ, कोही भोकै नाङ्गै हुनुहुँदैन’, उनले भने, ‘आगामी निर्वाचनमा हामीले बहुमत ल्याउनैपर्छ। बहुमत ल्याएपछि हामी नेपाललाई सुन्दर बनाउँछौँ, कसैलाई भोकै छाड्दैनौँ।’
संविधानको मौलिक हक कार्यान्वयनका क्रममा कसैलाई भोकै हुन नदिने पनि उनले बताए। ‘एमालेलाई सरकारबाट हटाएपछि के हुने रहेछ त’, उनले भने, ‘तराईलाई अन्य दलले ठगी खाने भाँडो बनाए। हामी समृद्ध बनाउँछौँ।’
फेसबुक प्रतिक्रियाहरु