काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने दाबी गरेका छन्। मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहीँ छाड्नुपर्ने बताए।
‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन। त्यसमा हामी अहिले पनि विभाजित छौं। त्यसलाई अदालतले निर्णय गरिसकेको छ। संविधान रहेसम्म संसद् विघटन गर्न हुँदैनथ्यो भन्ने पुष्टि भइसक्यो। अदालतको त्यो निर्णय गलत छ भन्ने हो भनेर एमाले गयो भने संविधान भत्किन सुरु गर्छ,’ उनले भने, ‘त्यसले अझै अस्थिरता ल्याउँछ। त्यसैले एमालेले अझै संसद विघटनको पक्षमा हिँड्नु हुँदैन। त्यो अहिले टुंगो लागिसक्यो, इतिहास भइसक्यो।’
विज्ञापन
कम्युनिष्ट पार्टीको विभाजनले हालसम्मको उपलब्धिलाई रक्षा गर्ने नसकेको उनले बताए। बरबाद भइसकेको नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन आवश्यक पहल लिनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ। ‘हामीले कम्युनिष्ट आन्दोलनका उपलब्धिहरूलाई जोगाउन सकेनौं। कम्युनिष्ट आन्दोलन बरबाद हुने दिशामा गइसकेको छ,’ उनले भने।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु