शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • ‘के घर के डेरा’को मेकरलाई मुद्दा हाल्ने तयारीमा वुढासुब्बा
समाचार

‘के घर के डेरा’को मेकरलाई मुद्दा हाल्ने तयारीमा वुढासुब्बा

सिंगे लामाको निर्माण तथा सुव्रतराज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’को घोषणा भयो । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहने पक्का भएको थियो ।

तर, कोरोनाका कारण यो फिल्म २ बर्ष पछि धकेलियो । अब, फिल्म बन्छ कि बन्दैन नै टुंगो छैन । वुझिएअनुसार, यो फिल्मको निर्देशनबाट निर्देशक सुव्रतराज आचार्यले हात झिकिसकेका छन् । यस्तै, सिंगे लामाले पनि अब फिल्म नबनाउने निर्णय गरिसकेका छन् ।

विज्ञापन

तर, सुव्रत र सिंगे फिल्ममा हुँदा वुढासुब्बा डिजिटलमाथि पेश्की रकम भन्दै १० लाख रुपैयाँ लिएका थिए । एकातिर फिल्म पनि नबन्ने अर्कोतिर पैसा भने डुब्ने संभावना देखेपछि वुढासुब्बाका संचालक नवराज गिरीले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । नवराजका अनुसार, यो फिल्मको टिमले डिजिटल राइट्स दिने भन्दै १० लाख रुपैयाँ पेश्की लगेको थियो । तर, २ बर्षसम्म फिल्म पनि नबन्ने अवस्था आएपछि उनी प्रहरी गुहार्ने तयारीमा छन् । वुझिएअनुसार, सिंगे लामाले वितरकबाट पनि ८–९ लाख रुपैयाँ लिएका थिए ।

विज्ञापन

नवराज गिरीले ‘के घर के डेरा’सँगै अन्य केही फिल्मका निर्मातामाथि पनि उजुरी दिने तयारी गरेका छन् ।

यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको श्रोतले बतायो । निर्माता पनि परिवर्तन भैसकेका छन् । यस्तो अवस्थामा वितरक र डिजिटल कम्पनीको रकम कसरी उठ्छ भन्ने प्रश्न भने उठेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस