आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली
समाचार

वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली

काठमाडौँ।

 

विज्ञापन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय चुनावमा एउटै कुचोले पाँच दललाई बढार्ने दाबी गरेका छन् । इलाममा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘एमालेले टाँसिदिएका जुँगामा ताउ लगाएर एमालेकै बाकस खाली गर्छौं’ भन्ने भन्दै नेकपा एसका नेता झलनाथ खनालप्रति आक्रोश व्यक्त गरे ।

विज्ञापन

 

‘बाकस कसको खाली हुन्छ आउँदो बैशाख ३० गते तपाईंहरुले देखाइदिनुपर्छ,’ ओलीले कार्यकर्ताहरुसामु भने, ‘एमाले कसैलाई अल्मल्याउने, छक्याउने पार्टी होइन । यो बाटो बनेको भए । यो अन्तरे जन्तरेले मैले ल्याएको भन्ने थिए । यहाँ बाटो बिग्रेको छ यहाँका सांसद खोई । तपाईंहरुले दिएको भोटले सांसदको भत्ता खाइरहेका छन् ।’

 

एमालेलाई दुई तिहाई बहुमत ल्याउनबाट रोक्न २०५४ सालमा पार्टी विभाजत गरिएको भन्दै ओलीले भने, ‘त्यस समयमा दुई तिहाई के सामान्य बहुमत पनि आएन । अहिले एमालेले त्यो अनुभवबाट पनि सिकेको छ ।’

उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आफ्नो पक्षमा पारेर परिणाम आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाए । ‘आयोगले एउटा पार्टीको काम गर्ने होइन,’ ओलीले भने, ‘कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहिने? कस्तो अचम्मको निर्वाचन आयोग हो ? सूर्य हरियो हुन्छ काँही?’ उनले आयोग दलहरुसँग परामर्श नगरी एक्लै मनपरी ढंगले अघि बढेको भन्दै असन्तुष्टी जनाएका छन् ।

स्थानीय तह चुनावमा उम्मेदवारी दर्ताका लागि आयोगले २ दिनको समय तोकेकोमा पनि ओलीले आलोचना गरे । ‘सबै निर्वाचन आयोगले मनोनयनका लागि एक दिन दिने गरेको थियो अहिले दुई दिएको छ । दुई दिन किन चाहियो ?’ ओलीले भने, ‘गठबन्धनभित्र खटपट परेर एक दिनमा नहुनसक्छ । कुरा नमिल्न सक्छ, त्यसैले दुई दिन दिएको छ । मनोनयनका लागि २ दिन दिएको कतै सुन्नु भएको छ ?’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस