बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • शिव परियार भन्छन्- समाजको चेतनास्तर भुईंमा झर्न लागेको त होइन ?
समाचार

शिव परियार भन्छन्- समाजको चेतनास्तर भुईंमा झर्न लागेको त होइन ?

काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको ब’ला’त्कारपछि ह’त्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै भुईंमै झर्न लागेको उल्लेख गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

उनले लेखेका छन्, ‘बोल्दा बोल्यो, कलाकार होस् विवादमा नफस् भन्छन् । तर १८ महिने बालिकाको ब’ला’त्कारपछि ह’त्या, अनि कथित तल्लो जातकै कारण एउटी नाबालिकाप्रति अमानीय व्यवहार, फेरि पनि यही समाजमा देखिरहँदा यस्तै तमाम घटना दैनिक पढिरहनु पर्दा मन पोल्छ । अहिलेको युगमा पनि यो समाजको चेतनाको भित्री कट्टु झरेर तल भुईंमा खसिसकेको झैं महसुस हुन्छ । ए चेतनशील नागरिकहरु हो, यो समाजको चेतनाको कट्टु टाउकोदेखि कम्मर हुँदै बगेर भुईंमा झर्नबाट जोगाउनुहोस् । यो समाज सुधार्ने तपाईं हामी नागरिककै आचरण, सोच र व्यवहारले हो ।’

उनले नागरिककै आचरण, सोच र व्यवहारले नै समाज सुधारिने बताएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस