Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • ‘हामीले नयाँ पार्टी बनाउँछौं भन्ने कुरा केपी ओलीले कल्पना पनि गरेका थिएनन्’ : नेपाल
समाचार

‘हामीले नयाँ पार्टी बनाउँछौं भन्ने कुरा केपी ओलीले कल्पना पनि गरेका थिएनन्’ : नेपाल

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन्।

शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओखलढुंगा पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले यो सबैको आकर्षणको केन्द्र बनेको जिकिर गरे।

विज्ञापन

यसैबीच उनले आफू नेकपा एमालेको संस्थापकमध्ये एक भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको पनि बताए।

विज्ञापन

उनले भने, ‘हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टीको निर्माण गर्यौं त्यो केपी ओलीले कल्पना पनि गरेका थिएनन्।’

उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा भिन्न भएको दाबी पनि गरे।

‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ। समाजको रुपतान्तरण गरिछाड्ने संकल्प पनि छ’, अध्यक्ष नेपालले भने, ‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने, गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगािड बढ्ने योजना छ।’

विप्लव नेकपाका धेरै कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको यसका नेताले दाबी गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस