काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले राजनीतिक दलहरु जनताको मुद्दा केन्द्रित हुनुपर्नेमा छेडखानी र राजनीतिक कलर दिने काममा व्यस्त भएको आरोप लगाएका छन् ।
नेता थापाले भने, “नेकपाका घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको राजनीतिक द्वन्द्वका कारण हामीले दुई तिहाइको सरकार ५ वर्ष चलाउन सकेनौं ।
विज्ञापन
स्थानीय तहमा पनि झैझगडा भयो । जुँगाको लडाइँ, टुटफुट र कारबाहीको सिलसिलामा रुमल्लियौं । वामपन्थी पार्टीको परम्परागत रोगबाट अछुतो रहन सकेनौं ।
विज्ञापन
यसको मतलब नेपालका राजनीतिक पार्टीहरु शासन सञ्चालनमा असफल भए भन्ने होइन । संविधान र प्रणालीमा केही त्रुटि छन् । त्यसमा सुधार नगरेसम्म कुनै पार्टीले दुई तिहाइ ल्याए पनि भोग्ने कुरा यही हो ।”
उनले नेकपा एमाले पुरानै घोषणापत्र लिएर जनतामा जाने बताए । थापाले थपे, “हामी पुरानै घोषणापत्र कार्यान्वयन गर्न चाहन्छौं र स्थानीय तहलाई बलियो बनाउन चाहन्छ ।
स्थानीय तहलाई विकासको मोडलका रुपमा अघि बढाउन चाहन्छौं । स्थानीय तहले काम गरेको छैन भन्ने होइन । प्रदेश र स्थानीय तह अनि प्रदेश र संघीय सरकारबीच द्वन्द्व छ ।
आशातीत काम हुन सकेको छैन । राजनीतिक दलहरु जनताको मुद्दा केन्द्रित हुनुपर्छ, तर हामीकहाँ छेडखानी र राजनीतिक कलर दिने काम मात्र भयो ।”
पुरानै संसदीय व्यवस्थाको फोटोकपी जसरी काम भएकाले मुलुकमा परिवर्तनको अनुभव हुन नसकेको उनको भनाइ छ । थापाले भने, “हाम्रो प्राक्टिस पुरानै संसदीय व्यवस्थाको फोटोकपीजस्तो भयो ।
राम्रा र असल मानिस जाने हो भने यही प्रणालीबाट पनि काम गर्न सकिन्छ । तर दलाल र पैसावालहरु मात्र राजनीतिमा हावी भए । मैले केही समय अगाडि दलाल कहाँ छन् भन्ने प्रश्नमा स्थायी कमिटी र केन्द्रीय समितिमा त्यसका संरक्षक छन् भनेको थिएँ ।
मेयरको उम्मेदवार हुन पहिले पार्टीमा ५० लाख डिपोजिट गर्नुपर्ने भएपछि कसरी काम हुन्छ रु यस्तो खर्चिलो र भड्किलो चुनावबाट असल, इमानदार र वफादार मानिस आउन सक्दैनन् ।
निर्वाचनलाई सरल, सहज बनाउन नसके इमानदारहरु नलडे पनि हुन्छ ।” नेता थापाले आगामी निर्वाचनमा एमालेले कसैसँग तालमेल नगर्ने स्पष्ट पारे ।
फेसबुक प्रतिक्रियाहरु