काठमाडौं ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले आफ्नो पार्टी एक्लैपनि निर्वाचनमा जाने सुनाए । उनले निर्वाचनलाई लिएर एमाले डराएको पनि टिप्पणी गरे ।
विज्ञापन
उनले भने,‘अहिले निर्वाचनको डर त एमालेलाई छ, अहिले गठबन्धन कायमै रहेर निर्वाचन भयो भने, अहिलेपनि हेर्नुहोस न अस्ति राष्ट्रियसभाको निर्वाचन भयो, १९ सिटको निर्वाचनमध्ये एक सिट उहाँहरुको हातमा परेको छ । प्रदेश सरकारहरु उहाँको हातमा थिए, सबै गुमे, यही ढंगले ओरालो लाग्ने हो ।’
विज्ञापन
अब निर्वाचनमा एमालेले बाजी मार्ने कुनै सम्भावना नभएको उनको दाबी छ ।
‘सिंहदरबारको मूलगेटबाट पस्न त सामान्य नागरिकले पनि पाउँछ, उहाँले अब सांसद पद जोगाउन झापामा ध्यान दिनुपर्छ ।’
स्थानीय तहको निर्वाचनपनि नजिकिएको उल्लेख गर्दै अब कसको के हैसियत ? भन्ने कुरा देखिने सुनाए ।
उनले आफ्नो पार्टी भर्खरै जन्मिएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिईएको सुनाए । उनले अब एमाले हराउ, गठबन्धन जिताउ भन्ने मापदण्ड बन्ने पनि सुनाए ।
फेसबुक प्रतिक्रियाहरु