कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गाैला प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा बुधबार उनको मिर्गाैला प्रत्यारोपण गरिएको हो।
चार घण्टा लामो शल्यक्रियापछि चिकित्सकले उनमा मिर्गाैला प्रत्यारोपण गरेका हुन्।
विज्ञापन
कलाकार डंगोललाई उनका भाइ अजु डंगोलले मिर्गाैला दान गरेका हुन्। मिर्गाैला प्रत्यारेपणपछि उनलाई भेट्न चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोली शिक्षण अस्पताल पुगेको थियो।
विज्ञापन
मिर्गौला प्रत्यारोपाणमा १२ लाख रुपैयाँ खर्च लागेको कलाकार संघका अध्यक्ष खड्काले जानकारी दिए। डंगोलको मिर्गाैला प्रत्यारोपणमा लागेको खर्चका लागि कलाकार संघको संयोजकत्वमा समिति बनाई रकम संकलन गरिने खड्काले बताए।
पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित डंगोलको केही महिनाअघि नै मिर्गौला प्रत्यारोपण गर्ने पक्का भएको थियो। तर कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि ढिला भएको हो।
कलाकार डंगोलको अवस्था सामान्य बन्दै गए एक सातामा डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु