काठमाडौं ।
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले भारतले नेपाली भूमि मिच्दा सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्।
विज्ञापन
विज्ञापन
दार्चुला सदरमुकाम खलंगामा नदीले कटान गरेको नेपाली भूभाग पनि मिचिनेगरी भारतले तटबन्धन बनाएको र स्थानीयले विरोध गर्दा ढुंगा हानाहानकै अवस्था सिर्जना भएका बेला सरकारले पहल नगरेको भन्दै रावलले आक्रोश पोखेका हुन्।
‘दार्चुलाको सदरमुकाममा बन कार्यालय समेतलाई महाकालीको बाढीले बगाएर कार्यालय रहेको भूभाग नदी पारी भारततर्फ परेको थियो,’ उनले भनेका छन्, ‘त्यसमा भारतले आधिपत्य जमाउन लागेको समाचार प्रमं देउवाले थाहा पाउनु पर्ने हो। सरकार मौन किन?’
रावलले देशको भौगोलिक अखण्डताको रक्षाप्रति देशघाती सरकार मात्र उदासिन हुनसक्ने भन्दै आलोचना गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु