आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • ‘कबड्डी ४’ को गीतमा सौगात र मिरुनाको ‘राधाकृष्ण गेटअप’
समाचार

‘कबड्डी ४’ को गीतमा सौगात र मिरुनाको ‘राधाकृष्ण गेटअप’

अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर राधाकृष्णको जोडीको रुपमा देखिएका छन् । फिल्म ‘कबड्डी ४’ को ‘केशरी’ बोलको गीतमा यी दुबैको गेटअप राधाकृष्णको रहेको छ ।
गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले गीत सोमबार साँझ सार्वजनिक गरेको हो ।

 

विज्ञापन

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को सार्वजनिक भएको यो पहिलो गीत हो । यस अगाडि फष्टलुक सार्वजनिक गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको अभिनय देख्न सकिन्छ ।

विज्ञापन

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ । त्यसैले फिल्मको उप–शिर्षक ‘द फाइनल म्याच’ पनि राखिएको छ । आउँदो १३ जेठबाट प्रदर्शनमा आउन लागेको फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका छायांकन शैलेन्द्र डि. कार्की रहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस