काठमाडौं। आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने वकालत गर्दै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने उल्लेख गरेका छन् ।
पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका हुन् ।
विज्ञापन
तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न नहुने आफ्नो पुरानै अडान दोहोर्याए ।
विज्ञापन
गठबन्धनको विरोध गर्दै डा। कोइरालाले भने, ‘त्यसमा म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, एउटा कम्युनिस्टले नेपाली काँग्रेसलाई भोट हालेको छ रु हाल्दैन ।
गठबन्धन नभए पनि ठूला नेताहरूलाई चुनाव जिताएर संसद्मा ल्याउनुपर्ने बताउँदै डा. कोइरालाले भने, ‘अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि । जहाँबाट होस् । गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनु पर्यो ।’
काँग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँगै तीन दिनअघि विराटनगरको एक कार्यक्रममा सहभागी भएका डा। कोइराला अहिले बिराटनगरमै छन् । आगामी वैशाख ३० मा हुने स्थानीय चुनावको रणनीति बनाउन गृह जिल्लामा कोइराला आएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु