आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • एसियन कप छनाेटकाे कठिन समूहबारे अल्मुताईरीले दिए यस्ताे प्रतिबद्धता, सबै उत्साहित
समाचार

एसियन कप छनाेटकाे कठिन समूहबारे अल्मुताईरीले दिए यस्ताे प्रतिबद्धता, सबै उत्साहित

काठमाण्डाैं।

नेपाली फुटबल समर्थक बीच एउटा चर्चित नाम हाे, अब्दुल्लाह अल्मुताईरी । उनी नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हुन् । उनकै रणनीति तथा प्रशिक्षणमा नेपालले फुटबलमा प्रगति गर्दै गएकाे पनि देखिन्छ ।

विज्ञापन

साेही कारणले हाेला, अल्मुताईरी नेपाली फुटबल समर्थक माझ निकै लाेकप्रिय छन् । नेपाली राष्ट्रिय फुटबल टिममा उनी हाल दाेस्राे पटककाे सम्झाैता गरेर प्रशिक्षण दिईरहेका छन् ।

विज्ञापन

पहिलाे पटककाे सम्झाैता सकिनै लाग्दा बीचमा एन्फासँगकाे केही मतभेदका कारण कहिले पनि नेपाल नफर्किने भनेर घाेषणा गरेका अल्मुताईरीले आफुलाई नेपाली फुटबल समर्थकले दिएकाे अथाह माया र सद्भावका कारण उनले आफैले बाेलेकाे बाेली ताेड्न पुगे । र फेरी दाेस्राे कार्यकालका लागि सम्झाैता गरेर नेपाल आईपुगे ।

जति उनलाई नेपाली फुटबल समर्थकले साथ दिएका छन्, त्यति नै उनी पनि नेपाली फुटबल समर्थकबीच रमाउन चाहन्छन् । हाल उनी जुन फेसबुकअकाउण्ट प्रयाेग गर्छन, त्याे उनले २०२१ काे मार्चमा मात्रै खाेलेका हुन् । अर्थात उनले साे खाता खाेलेकाे ठिक एक बर्ष पुगेकाे छ ।

उनले याे छाेटाे समयमा त्यही खाताबाट यति चर्चा पाए कि एक बर्षमा उनकाे फलाेअर्स ८९ हजार पुगेका छन् । एएफसी प्राे डिप्लाेमा काेचिङ लाईसेन्स भएका कुवेती प्रशिक्षक अल्मुताईरीले सामाजिक सञ्जालमा पाेष्ट राख्दा १०/१५ हजार रियाक्सन पुग्छ । उनी आफ्ना समर्थकमाझ रमाईलाे गर्न पनि खप्पिस छन् ।

केही समयपछि नेपालले एएफसी एसियन कप छनाेट २०२३ खेल्दै छ । अबकाे केही दिनमा साेकाे तयारीका लागि अल्मुताईरीले खेलाडीहरुलाई आह्वान गरेका छन् ।

के भन्छन् तयारीबारे अल्मुताईरी ?

मुख्य प्रशिक्षक अल्मुताईरीले अब एएफसी एसियन कप छनाेट २०२३ काे तयारीका लागि तयार हुन भनेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै पछिल्लाे दुई हप्तामा आफुलाई सपाेर्ट गर्ने सबैलाई धन्यवाद दिँदै अब एसियन कप छनाेटमा लाग्ने भनेर लेखेका छन् ।

कठिन समयमा दिईने नैतिक समर्थन अविस्मरणीय हुने भन्दै उनले त्यसलाई कहिल्यै नबिर्सने भनेर समेत उल्लेख गरेका छन् । साथै उनका एक जना फलाेअर्सले साेही स्टाटसमा कम्मेन्ट गर्दै नेपालले अब एसियन कप छनाेट खेल गर्मी ठाउँमा खेल्नु पर्ने भएकाले क्लाेज क्याम्प नेपालकाे तराई क्षेत्रमा किन नगर्ने भनेर प्रश्न गरेकाेमा उनले हामी कतारमा हुनेछाैं भनेर प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी अर्का एक जनाले उनकाे गृह देश कुवेत र नेपाल एउटै समूहमा परेकाले कुवेत र नेपाल मध्ये कुन देशकाे टिमलाई सपाेर्ट गर्नु हुन्छ भनि साेधेका छन् । साेकाे जवाफ दिने क्रममा अल्मुताईरीले नेपाललाई १०० प्रतिशत समर्थन गर्छु भनेर जवाफ फर्काएका छन् ।

त्यसैगरी अर्का एक जनाले हामी कठिन समूहमा परेका छाैं भनेर लेखेकाेमा उनलाई जवाफ फर्काउँदा अल्मुताईरीले हामी प्रतिस्पर्धा गर्नेछाैं भनेर लेखेका छन् ।

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।

यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ।

यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्। यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो।

पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो। नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस