सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • समाचार
  • पल र पलका समर्थकलाइ प्रियंकाको कडा झटारो
समाचार

पल र पलका समर्थकलाइ प्रियंकाको कडा झटारो

काठमाडौँ ।

किशोरीमाथि कर णी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा कर णी ठहरिन्छ। तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन्।

विज्ञापन

‘स्टारडम’ को छायामा राखेर बालिकामाथि यौ’ ‘न शो’ष’ण गरेको आरोपमा पक्राउ गरिएपछि यो विषयमा अदालतमा गम्भीर बहस हुनुपर्ने हो, आरोपित निर्दोष नै हुन् भने पनि उनले अदालतबाटै इज्जतपूर्वक सफाइ पाउनुपर्ने हो। तर, उनका शुभचिन्तकले देशको कानुनलाई समेत चुनौती दिँदै अनुसन्धान प्रक्रियालाई पनि तमासा बनाएका छन्।

विज्ञापन

पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ।

आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन्। पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन्। बालिकाको लुगा न’च्या’तिएकाले कर णी भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ। ‘खोइ, ती बालिकाको लुगा च्या’ति’एको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन। त्यसलाई कसरी ज’बर्ज’स्ती भन्ने?’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् । उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अ’पराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन्।

यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले पनि आफ्ना भनाइहरु राखेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् :

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ।

नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस