सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटार पुगे प्रचण्ड, माधव, उपेन्द्र, यस्तो हुँदैछ गठबन्धन रणनीति
समाचार

बालुवाटार पुगे प्रचण्ड, माधव, उपेन्द्र, यस्तो हुँदैछ गठबन्धन रणनीति

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् ।

विज्ञापन

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी छन् । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्तारुढ गठबन्धनको बैठक पहिलोपटक बसेको हो ।

विज्ञापन

यहीबीचमा जनमोर्चा भने गठबन्धनबाट अलग भएको छ । अब गठबन्धनमा चार दल मात्र आबद्ध छन् । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

आजको बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय गर्ने भएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।

त्यसैले आजको बैठकमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा छलफल हुने बालुवाटारको स्रोतले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस