शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेसका फुच्चे नेता गगन थापाले संसदमा फजुल कुरा गरे : झलनाथ खनाल
समाचार

कांग्रेसका फुच्चे नेता गगन थापाले संसदमा फजुल कुरा गरे : झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाशक्तिसामु नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिएकाले हिजोको दिन नेपालको इतिहासमा राष्ट्रिय लज्जाको दिन भएको आरोप लगाएका छन् ।

पत्रकारसँग कुरा गर्दै नेता खनालले भने, “एमसीसीमा ३०-४० वटा राष्ट्रलाई घात गर्ने कुरा थिए । तर १२ वटा सैद्धान्तिक बुँदा अघि सारेर अनुमोदन गरे ।

विज्ञापन

सबै कुरा सच्चिन्छन् भनेर पार्टीका साथीहरुलाई हाम्रो नेतृत्वपंक्तिले ढाँट्यो । नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा महाशक्तिसामु घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिने काम भएको छ । नेपालको इतिहासमा हिजोको दिन राष्ट्रिय लज्जाको दिन हो ।”

विज्ञापन

तर तपाईंहरु सबै लुरुलुरु गएर पारित गर्नुभयो नि भन्ने पत्रकार को प्रश्नमा उनले भने, “होइन, मैले हिजो भोट गरिनँ । मैले लामो समयदेखि नो एमसीसी भन्दै आएको छु । हाम्रो स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षले एक जना वकिल बोलाउनुभएको रहेछ ।

उनले रिजर्भेसनका कुरा यसरी यसरी सच्चाउन सकिन्छ भनेर कन्भिन्स गराउन खोजे । त्यसमा स्थायी समितिका साथीहरु लरक्क परे । यो त जनतालाई सरासर ढाँट्ने र ठग्ने कुरा भयो । जनताले संघर्ष नगरेको भए यति पनि हुने थिएन । सबै सच्चाउन सकेको भए जनताले शिर ठाडो पार्ने कुरा हुन्थ्यो ।”

“पार्टीका साथीहरु मुख्य नेताले भनेकै सत्य हो भनेर पछि लागे”
पार्टीभित्र त तपाईं एक्लै पर्नुभयो नि भन्ने पत्रकार को अर्को प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, “पार्टीभित्र एक्लै परे पनि मलाई केही (चिन्ता) छैन । कहिलेकाहीँ त्यस्तो हुन्छ ।

साथीभाइहरुमा मुख्य नेताले भनेको नै सत्य हो भनेर पछि लाग्ने प्रवृत्ति हुन्छ । त्यसमा मलाई केही भन्नु छैन । तर नेताले देश र जनताको हितमा उभिनुपर्छ । अन्ततः त्यो सफल हुनु अनिवार्य छ ।”

एमसीसीमा साथ नदिएको भए तपाईंहरुले सरकार छाड्नुपथ्र्यो, निर्वाचनमा हार्ने सम्भावना हुन्थ्यो नि भन्ने अर्को प्रश्नमा खनालले थपे, “हाम्रो बैठकमा एमाले र कांग्रेस मिल्ने भए, हाम्रो सांसद पद पनि जाने भयो, सरकारबाट हट्नुपर्ने भयो, पार्टी पनि नरहने भयो, हामी बरबाद हुने भयौं भन्ने कथा सुनाए ।

त्यो वाहियात कुरा हो । हाम्रो मिसन क्रान्तिकारी पार्टी बनाउने हो । ५, ६ महिनामै देशव्यापी रुपमा पार्टी अझ बेगका साथ अगाडि बढ्ने थियो । सत्तामा बस्दा जितिने, नबस्दा हारिने पनि हुन्छ र ? अब त भिन्न परिस्थिति भयो । कतिले छाड्लान्, कति आउलान् ? पार्टी नै विभाजित छ ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस