आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • सत्ताका लागि प्रचण्ड-नेपालले जनताका देशप्रेम भावनाकाे समेत अवमूल्यन गरे : प्रदीप ज्ञवाली
समाचार

सत्ताका लागि प्रचण्ड-नेपालले जनताका देशप्रेम भावनाकाे समेत अवमूल्यन गरे : प्रदीप ज्ञवाली

कठमाडौं । नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष र नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधव नेपाल सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिका भएको पुष्टि भएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै एमससीसी पास गरेर प्रचण्ड–नेपालले सत्ताका लागि जे पनि गर्ने आफ्नो प्रवृत्तिलाई अझै पुष्टि गरेका आरोप लगाए ।

विज्ञापन

‘अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारे छ । उहाँहरु सत्ताका लागि जुनसुकै हदसम्म जान तयार हुनुहुन्छ। यो कुराको पुन एक पटक पुष्टि आफै गर्नु भएको छ‚’ उनले भने ।

विज्ञापन

ज्ञवालीले प्रचण्ड र नेपालले एमसीसी ठीक भएकाले स्वीकार गर्यौँ भन्न नसक्ने दावी गरे । अब एमसीसी पास भएपछि अमेरिका र चीन आमनेसामन्ने हुने अवस्था आएको भन्दै यो दुर्भाग्यपूर्ण अवस्था हुने उनले उल्लेख गरे ।

यदी एमसीसीकै कारण चीन र अमेरिका आमनेसामने भएको अवस्थामा प्रचण्ड र नेपालनै जिम्मेवार हुने उनले बताए ।

‘उहाँहरु एमसीसी राम्रो राष्ट्र हितमा भएकाले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ । दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ‚’ ज्ञवालीले भने ।

एमसीसी पास गरेर वर्तमान सत्ता गठबन्धनले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको उनकाे आरोप छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस