शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी राष्ट्रघातको कित्तामा उभियो : लेखनाथ न्यौपाने
समाचार

माओवादी राष्ट्रघातको कित्तामा उभियो : लेखनाथ न्यौपाने

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आइतबार बिहान बसेको भनिएको माओवादी केन्द्रको बैठक अवैधानिक रहेको बताएका छन्। नेता न्योपानेले आइतबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै माओवादी केन्द्रको बैठक गर्ने निर्णय आधिकारिक नहुने बताएका हुन्।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै नेता न्यौपानेले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले माआवादीको आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्षमात्र चयन गरेको र त्यसयता अरु कुनै कमिटी नरहेको भन्दै केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित गरेर अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप लगाएका छन्।

विज्ञापन

न्यौपानेले आफ्नो फेसबुकमा भनेका छन् (नेकपा माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक(पटक स्थगित गरिएको छ।महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ। एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने।

विज्ञापन

हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन। आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन। न्यौपानेले केही समयअघि आफ्नो पार्टीले एमसीसी पास गरे प्रचण्डलाई अमेरिकी पाल्तु कुकुर भनेर जुत्ताले हानेर लखेट्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस