काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेपाली युवाहरु बिदेशी भूमिमा तातो पसिना बगाएर एक वर्षमा १२ खर्ब रेमिट्यान्स भित्र्याउँदा मुलुकको अवस्था नफेरिएको अवस्थामा अमेरिकी अनुदान एमसीसीको ५५ अर्बमा र्याल चुहाएर देश विकास नहुने बताएका छन् ।
मुलुकको हितमा भएको भए अमेरिकी अनुदानलाई स्वीकार गर्न सकिने तर यो मुलुकको पक्षविपरीत भएको प्रष्ट्याउँदै उनले भने- ‘हामीले संसारभरीबाट २.५ खर्बभन्दा बढीको ऋण लिइसकेका छौं किन देशविकास भएन ? अनि देशको हितविपरीत रहेको ५५ अर्बमा र्याल चुहाएर कायपलट हुन्छ ।’
विज्ञापन
युवाले विदेशी भूमिमा तातो पसिना बगाइ पठाएको रेमिट्यान्स वा त्यसैमा लगाइएको करले मुलुक चलिरहेको अवस्था रहेको र सम्पूर्ण सरकारी पक्षहरुमा गरिने खर्च र राज्यले गरिने खर्च मुख्यतयः रेमिट्यान्सले धानिरहेको उनले बताएका छन् ।
विज्ञापन
मुलुकले गरिबीपनसँगै लडेर पनि आफ्नै स्वाधिनतासँग बाचाएको र यसलाई कसैले गिद्धे दृष्टिले नहेरोस भन्ने आफूहरुको धारणा रहेको किरातीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु