आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावललाई आफ्नै पार्टीमाथि विश्वास छैन
समाचार

भीम रावललाई आफ्नै पार्टीमाथि विश्वास छैन

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)का विषयमा आफ्नै पार्टी नेतृत्वप्रति आशंका व्यक्त गरेका छन् ।

बुधबारको संसद् बैठकपछि रावलले एमसीसीसी राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी नेतृत्व त्यस विषयमा छलफल गर्न तयार नभएको बताए ।

विज्ञापन

“एमसीसीजस्तो दीर्घकालीन प्रभाव राख्ने विषयमा हरेक पार्टीको आधिकारिक धारणा हुनुपर्छ । त्यही भएर मैले नेकपा (एमाले)को संसदीय दलको बैठकमा अरूले निर्णय गरेपछि धारणा बनाउँला भन्नु हुँदैन भनेर धारणा पनि राखेको छु र लिखित रूपमै पार्टी अध्यक्षसमक्ष राखेको छु,” उनले भने, “उपयुक्त समयमा उपयुक्त निर्णय गरौँला भनेर उहाँले भन्नुभएको छ ।”

विज्ञापन

उनले एमसीसीका विषयमा पार्टी प्रस्ट नहुँदा आशंका पनि व्यक्त गरे । “कतै यो संसद् अवरोधकै नाममा होहल्लाकै बीच एमसीसी पारित गर्न खोजिएको त होइन ?,” रावलले भने, “मैले विगतमा पनि यो विषय उठाएको छु । यसमा एमाले वा अरू को–को मिलेका छन् तपाईंहरूले पनि खोज्नुहोस् ।”

उनले महत्त्वपूर्ण राष्ट्रिय विषयमा जनताले थाहा पाउने गरी बहस गर्न पाउनुपर्ने बताए । “अवरोध नै गर्ने हो भने अहिले पनि देख्नुभयो सरकारले ल्याएको प्रस्ताव पारित भयो,” रावलले भने, “भोलि एमसीसी पनि त्यस्तो हुन नदिन त बहस गर्नुपर्‍यो ।”

मूल सम्झौतादेखि कार्यान्वयन सम्झौतामा आफूले उठाएका प्रश्नको जवाफ कसैले पनि नदिएको उनको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस