Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • मन्त्रालयमै छिरेर आलेको भिडियो लिने को हुन् शंकास्पद व्यक्ति ?
समाचार

मन्त्रालयमै छिरेर आलेको भिडियो लिने को हुन् शंकास्पद व्यक्ति ?

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अश्लिल शब्द बोलेको भिडियो सार्वजनिक भएको सन्दर्भमा उनको सचिवालयले मुख खोलेको छ । पुरानो भिडियो संवाद तोडमोड गरेर मन्त्रीलाई बदनाम गर्ने हेतुले एउटा गिरोह सक्रिय भएको बताउदै सचिवालयले कानुनी परामर्श थालेको पनि बताएको छ ।

विज्ञापन

आज बिहान मन्त्री आलेले अश्लिलको बोलेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो तोडमोड, काँटछाँट गरी सार्वजनिक गरिएको भन्दै सचिवालयले छानबिन गर्न प्रहरी प्रशासनसंग अनुरोध गरेको छ । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना कर्णालीका एक माननीयमार्फत पाएको र नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको पनि सचिवालयले उल्लेख गरेको छ ।

विज्ञापन

एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले मन्त्री आलेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि नकारात्मक कमेन्ट गर्न थालेको सचिवालयले जनाएको छ । उनले लाखौँ रकम बार्गेनिङ गरेको तथ्य सार्वजनिक भैसकेको छ ।

पछिल्लो समय पर्यटनमन्त्री आले जनपक्षीय काम गरेर चर्चामा रहेकाले उनीविरुद्ध गिरोह नै सक्रिय भएको सचिवालयको ठहर छ । मन्त्रालयमा पनि शंकास्पद व्यक्ति आउने गरेको र उनीहरुलाई जबरजस्ती निकाल्नु परेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

‘पर्यटन मन्त्रीका पछिल्ला लोकप्रिय काम कारवाहीमा कसरी अवरोध ल्याउन सकिन्छ भनेर एउटा गिरोह सक्रिय छ । मन्त्रालयमा पनि केही अपरिचित शंकास्पद व्यक्तिहरुलाई सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुले निगरानी गरेका थिए, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता व्यक्तिहरु मन्त्रीलाई पछ्च्याईरहेका देखिन्थे। अनुमति नलिई भिडियो खिचिरहेका देखिन्थे। थुप्रैलाई हामीले सचिवालयबाट निकाल्नु परेका घटना नभएका होइनन् ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस