यूपीआई । यमनका एकजना पुरुषले चारवटा अन्डा लस्करै एक माथि अर्को ठड्याएर आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् ।
यसअघि यसरी तीनवटा अन्डा ठड्याएर मोहमद मुकवेलले विश्व कीर्तिमान कायम गरेका थिए । उनले पछिल्लो प्रयास टर्कीको इस्तानबुलमा गरेका हुन् ।
विज्ञापन
विज्ञापन
मुकवलले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन्, “यो काम हेर्दा जति सजिलो देखिन्छ गर्नुपर्दा उत्तिकै गाह्रो छ । विश्वमा धेरैले यसरी अदभूत तरिकाले अन्डाको चुच्चो भागमा एकपछि अर्काे अन्डालाई जतनकासाथ सन्तुलनमा राख्न गरेका प्रयासहरू असफल भएका छन् । यस्तो काम गरेर देखाउन अत्यन्तै उच्चस्तरको एकाग्रताको आवश्यक पर्दछ । अन्डालाई सन्तुलनमा राख्न विशाल धैर्यता, शान्ति र ध्यान केन्द्रित गर्नसक्ने क्षमताको आवश्यक हुन्छ । सबैभन्दा कठिन काम भनेको अनौठो आकार र सतह भएको अन्डाको गुरुत्वको केन्द्र पत्ता लगाउनु हो ।”
मुकवलले आफुले सानै उमेरमा आफूसँग यस्तो खुबी भएको पत्ता लगाएको बताएका छन् । उनी फेरि पनि आफ्नै कीर्तिमान तोड्ने प्रतिक्षामा बसेका छन् ।
फेसबुक प्रतिक्रियाहरु