On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भीम रावलले खाली कागजमा किन गरेनन् हस्ताक्षर ?
समाचार

भीम रावलले खाली कागजमा किन गरेनन् हस्ताक्षर ?

काठमाडौं । 

नेकपा एमालेको संसदीय दलले सोमबार सांसदहरुको हस्ताक्षर संकलन गर्‍यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आवश्यक परेका ठाउँमा कदम चाल्न खाली कागजमा हस्ताक्षर संकलन गरिएको थियो । तर एमालेका ९८ सांसदमध्ये पाँच जनाले हस्ताक्षर गर्न अस्वीकार गरे । हस्ताक्षरको प्रयोजन नखुलेको भन्दै भीम रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपट रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेनन् ।

विज्ञापन

 

विज्ञापन

परमादेश दिने सर्वोच्च अदालतका अन्य चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटामाथि एमालेले महाभियोग लगाउने चर्चामाझ हस्ताक्षर संकलन गरिएको थियो । महाभियोगबारे निर्णय उच्चस्तरीय नेतृत्वले गर्ने प्रमुख सचेतकले भट्टराईले बताएका छन् ।

यसमा हस्ताक्षर अस्वीकार गर्ने रावल प्रयोजनबिनाको खाली कागजमा हस्ताक्षर गर्नुको औचित्य नरहेको बताउँछन् । ‘खाली कागजमा हस्ताक्षर किन गर्ने?’ रावल प्रश्न गर्छन्, ‘मैले उपस्थितिमा हाजिरी जनाए र त्यो खाली कागजमा कुनैमा पनि सही गरेन।’

खाली कागजमा हस्ताक्षर संकलन गर्न कर्मचारीहरु आएको भन्दै रावलले थपे, ‘मैले खाली कागजमा हस्ताक्षर गर्दिन भने । नेताहरु आएको भए म किन भनेर सोध्थे । कर्मचारीलाई सोध्ने कुरा भएन । मैले गर्दिन भने । मलाई थप कसैले गर पनि भनेन ।’

महाभियोगमा नलाग्न सुझाव

रावलले संसदीय दलको बैठकमा न्यायाधीशहरुमाथि महाभियोगको पक्षमा नलाग्न नेतृत्वलाई सुझाव दिएको पनि बताए । ‘प्रधानन्यायाधीशमिथ महाभियोग जसले राखेको हो उसले नै पुष्टि गर्ला । हामीले न्यायाधीशको महाभियोग हामीमाथिको आक्रमणजस्तो कुरा गर्नुहुँदैन भनेर ध्यानाकर्षण गराए,’ उनले अन्नपूर्णसँग भने, ‘मैले सुरुदेखि नै संसदले छलफल र छानविन गर्नुपर्छ भनेको हो । स्थानीय निर्वाचनको कुरामा बाधा अवरोध भयो, त्यसमा समस्या उत्पन्न गर्‍यो भने त्यसमा विरोध गर्ने कुरा छुट्टै विषय हो । तर न्यायाधीशसँग जोड्नुहुन्न भनेर मैले राखे ।’

एमसीसीको बारेमा पनि आपत्ति दफाहरु पढेर सुनाएको र आगामी फागुन ४ को बैठकमा टेबल हुने कुरा आएकाले यसमा गम्भीर रुपमा छलफल गर्न माग गरेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस