शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • शेखर कोइराला र राष्ट्रपति भण्डारीबीच अर्थपूर्ण भेटवार्ता
समाचार

शेखर कोइराला र राष्ट्रपति भण्डारीबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौं । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका कांग्रेसनेता शेखर कोइरालाले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा. कोइरालाले राष्ट्रपति भण्डारीलाई किन भेटे र छलफलमा के कुरा भयो भन्नेबारे दुवै पक्षले नखुलाएपनि यो भेटलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यो भेटवार्ता प्रधानमन्त्री देउवाको चाहनामा भएको बताए पनि कोइराला निकट स्रोतले भने अस्विकार गरेको छ ।

विज्ञापन

नेता कोइरालाका सहयोगीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताएका छन् । राजनीतिक भेटवार्ता र परामर्शलाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विज्ञापन

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शेखरले भेटे गरिसकेका छन् ।

कोइराला निकट एक नेताका अनुसार राष्ट्रपतिसँगको भेटको खास अर्थ रहेको र बिस्तारै त्यो खुल्ने बताएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस