नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।
एमालेमा जाने कुरालाई साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कु-प्रचार भएको पनि उनले टिप्पणी गरेका छन्।
विज्ञापन
विज्ञापन
‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो। योबारेमा सोच्न पनि सकिँदैन,’ उनले अगाडि भनेका छन्।
नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले त्यो सफलताबाट आत्तिएका साम्राज्यवादी र दलाल पुँजीवादीका एजेन्टको कु-प्रचार मात्रै भएको टिप्पणी गरे।
‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ’, उनले भनेका छन्, ‘यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टको कु-प्रचार मात्र हो। यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु।’
फेसबुक प्रतिक्रियाहरु