आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस बलियो हुन आन्तरिक गुटबन्दी र अन्तर्घात रोक्नु पर्छ : रामचन्द्र पाैडेल
समाचार

कांग्रेस बलियो हुन आन्तरिक गुटबन्दी र अन्तर्घात रोक्नु पर्छ : रामचन्द्र पाैडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस बलियो हुन आन्तरिक गुटबन्दी र अन्तर्घात रोक्नु पर्ने बताए । कास्कीको पोखरामा कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै नेता पौडेलले चुनावमा पार्टी भित्रैवाट हुने घात अन्तर्घातका कारण कांग्रेस कमजाेर हुने भएकाले यसलाई राेक्न सबै नेता कार्यकर्ता एक भएर लाग्नु पर्ने वताएका हुन् ।

 

विज्ञापन

उनले संविधान र व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन चट्टान जस्तै बन्नु पर्ने पनि बताए। कुनै पनि पार्टीको एकल बहुमत आउने संभावना नभएकाले आगामी निर्वाचन सम्मै पाँच दलीय गठबन्धन कायम राख्नु पर्ने सुझाव दिए ।

विज्ञापन

कांग्रेससँग ३० प्रतिशत मात्रै मत भएको बताउँदै नेता पौडेलले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत केन्द्रीत भए फेरी कांग्रेसलाई कठिनाई हुने चेतावनी पनि दिए ।

पौडेलले , ‘राष्ट्रियसभामा तीनजना थिए। अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धी हो कि होइन ? हैन कांग्रेस भित्रै गठबन्धनको बिपक्षमा रहेका नेतोहरुलाई प्रश्न गरे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस