आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • मोदीले उद्घाटन गरे विश्वकै दोस्रो अग्लो मूर्ति, मन्दिरसहितको खर्च मात्रै १४ अर्ब भारु
समाचार

मोदीले उद्घाटन गरे विश्वकै दोस्रो अग्लो मूर्ति, मन्दिरसहितको खर्च मात्रै १४ अर्ब भारु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार साँझ वैष्णव सम्प्रदायका सन्त स्वामी रामानुजाचार्यको २१६ फिट अग्लो सुनौलो मूर्तिको उद्घाटन गरेका छन्।

हैदरावादमा स्थापित यस प्रतिमालाई ‘स्ट्याच्यु अफ इक्वालिटी’ अर्थात समानताको मूर्ति नाम दिइएको छ।

विज्ञापन

अब यो विश्वकै दोस्रो ठूलो मूर्ति भएको छ। यस मूर्तिसँगै भारत सरकारले १०८ विशाल मन्दिर पनि बनाएको छ।

विज्ञापन

ती मन्दिरमा कालिगढले गरेको मिहिनेत देख्दा जोकोहीलाई मोहित बनाउँछ। यो मूर्तिसँगै १२० केजी सुन प्रयोग गरेर आचार्यको एक सानो मूर्ति पनि बनाइएको छ।

यस परियोजनामा भारतले १४ अर्बभन्दा धेरै भारतीय रुपैयाँ खर्च गरेको छ। यो खर्च उत्तर प्रदेशको अयोध्यामा अघि बढिरहेको राम मन्दिरका लागि गर्न लागिएको ११ अर्ब भारतीय रुपैयाँ भन्दा पनि धेरै हो।

वैष्णव सम्प्रदायका सन्त चिन्ना जियर स्वामीको देखरेखमा यो परियोजना तयार भएको हो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस