काठमाडौं।
परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने एमालेका सात जना कार्यकर्ता पक्राउ परेका छन्।
विज्ञापन
गृहजिल्ला उदयपुरमा रहेका परराष्ट्रमन्त्री डा. खड्कालाई एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका थिए।
विज्ञापन
एमसीसीको विरोधमा नाराबाजी र मन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले सात जनालाई पक्राउ गरेको हो।
उदयपुरको चौदन्डिगढी नगरपालिकाको नयाँ भवन र १५ शैयाको अस्पताल भवन गर्न पुगेका मन्त्री खड्काको विरोधमा प्रदर्शन गरिएको हो।
उनीहरूले एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन भन्ने नारा लगाउँदै प्लेकार्ड बोकेका थिए।
प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बाक्लो थियोे। तर बेलटारको सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध गर्न खोजेपछि उनीहरूलाई केही समयका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए।
फेसबुक प्रतिक्रियाहरु