विश्वमा वर्षौंदेखि देखिएको एउटा टापुको बारेमा रहस्यमय खबर सार्वजनिक भएको छ ।
अहिलेसम्म गुगल नक्शामा देखिने टापु वास्तवमा त्यहाँ थिएन । जेम्स कुक नामका एक व्यक्तिले यो टापु सन् १७७४ मा पत्ता लगाएको दाबी गरेपछि यस टापुको नाम ‘स्यान्डी आइल्याण्ड’ राखिएको थियो । जेम्सले प्रशान्त महासागरमा यो टापुको अस्तित्वको बारेमा बताएका थिए ।
विज्ञापन
यस टापुको रहस्यमयताका कारण यसलाई फ्यान्टम आइल्याण्ड पनि भनिन्थ्यो । तर, जब अनुसन्धानकर्ताले यस टापुको सत्यता बताए, तब मानिसहरू छक्क परे ।
विज्ञापन
कुनै समय यो टापु गुगलमा देख्न सकिन्थ्यो, तर जब अनुसन्धानकर्ताहरूले यो टापु नभएको खुलासा गरे गुगलले पनि यसलाई नक्शाबाट हटायो । आउनुहोस् यसको बारेमा रोचक कुराहरू जानौं ।
स्यान्डी टापु अस्ट्रेलियाको तटमा अवस्थित छ भनेर दाबी गरिएको थियो । दाबीका अनुसार यो टापु पहिलो पटक जेम्स कुकले सन् १७७४ मा पत्ता लगाएका थिए ।
जेम्स कुकले यस टापुको लम्बाइ २२ किलोमिटर र चौडाइ ५ किलोमिटर रहेको भविष्यवाणी गरेका थिए । भेलोसिटी नामक जहाजले सन् १८७६ मा स्यान्डी आइल्याण्डको अस्तित्व रहेको दाबी गरेको थियो ।
सबैभन्दा ठूलो कुरा के हो भने बिट्रेन र जर्मनीले पनि १९औँ शताब्दीको नक्शामा यस टापुको अस्तित्व दाबी गरेका छन् । यद्यपि, पछि यो टापुको बारेमा धेरै मानिसहरूले आशंका पनि व्यक्त गरे ।
सन् १९७९ मा फ्रान्सेली हाइड्रोग्राफिक सर्भिसले उक्त टापुलाई समुद्री नक्शाबाट हटाएको थियो ।
अष्ट्रेलियाका वैज्ञानिकहरूले नोभेम्बर २०१२ मा एक अनुसन्धानको क्रममा यो टापु त्यहाँ नभएको पत्ता लगाए । यस ठाउँमा वैज्ञानिकहरूले समुद्रको गहिराइ नाप्दा ४ हजार ३ सय फिटभन्दा बढी गहिराइ नभएको पाइएको थियो ।
युनिभर्सिटी अफ सिड्नीका प्रमुख भूगर्भविद् मारिया सेटनले त्यहाँ कुनै न कुनै प्रकारको गल्ती भएको बताइन् । स्यान्डी आइल्याण्ड नभएको पुष्टि गर्दै एउटा पेपर पनि प्रकाशित भएको थियो ।
एजेन्सी
फेसबुक प्रतिक्रियाहरु