सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • गणतन्त्र समाप्त पार्न एमाले र राजावादी मिल्ने खतरा बढिरहेको छ : जनमोर्चा
समाचार

गणतन्त्र समाप्त पार्न एमाले र राजावादी मिल्ने खतरा बढिरहेको छ : जनमोर्चा

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र समाप्त पार्न एमाले र राजावादी मिल्ने खतरा बढिरहेको बताएको छ।

विज्ञापन

अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केपी शर्मा ओलीका हरेक क्रियाकलापलाई गणतन्त्रविरोधी शक्तिहरुबाट समर्थन प्राप्त हुनुले त्यसलाई पुष्टि गरेको बताएका छन्।

विज्ञापन

२०६२/६३ सालका उपलब्धिहरुलाई समाप्त गर्नका लागि बेग्लाबेग्लै धाराबाट प्रयास भइरहेको उले उल्लेख गरेका छन्।

एकातिर राजावादी शक्तिहरुले गणतन्त्रलाई समाप्त गर्नका लागि प्रयत्न गरिरहेका र अर्कोतिर ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुबाट समर्थन प्राप्त रहेको केसीले बताएका छन्।

प्रतिगमनका लागि यी दुईटै धारा एक आपसमा मिल्ने खतरा बढिरहेको उनले उल्लेख गरेका छन्।

‘अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फासीवाद कायम गर्न षड्यन्त्र भइरहेको छ।

यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौुं, विज्ञप्तिमा भनिएको छ।

प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धनको आन्दोलन तथा सर्वोच्चको फैसलाद्वारा तत्कालीन ओली सरकारको पतन भएपनि देशमा प्रतिगमनको खतरा कायमै रहेको राजमोले बताएको छ।

त्यसकारण पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने र त्यसो गर्न सके मात्र प्रतिगमनलाई परास्त गर्न सहयोग पुग्ने उसको भनाइ छ।

जनमोर्चाको यही मान्यतालाई बुधबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको परिणामले व्यवहारमा नै सही साबित गरेको केसीले बताएका छन्।

‘राष्ट्रिय सभाको निर्वाचनमा एमालेको पराजयले हाम्रा उम्मेदवार विजयी हुनुका साथै प्रतिगमनलाई परास्त गर्न तथा गणतन्त्रको रक्षाको संघर्षलाई समेत सहयोग पुगेको छ।

अहिलेको निर्वाचनमा देखिएको परिणामलाई सामान्य अवस्थामा चुनावमा हुने हार वा जितको रुपमा मात्र हेर्नु सही हुने छैनु, विज्ञप्तिमा भनिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस