शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • माओवादीले गठबन्धनको भर पर्न हुँदैन : दीपशिखा
समाचार

माओवादीले गठबन्धनको भर पर्न हुँदैन : दीपशिखा

Renu Dahal

काठमाडौं।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो पार्टी गठबन्धनको भरमा पर्न नहुने बताएका छन्।

विज्ञापन

पाँच दलीय सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता दीपशिखाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत गठबन्धन सहायक पक्ष मात्र भएको तर पार्टी आफ्नै खुट्टामा उभिनुपर्ने धारणा राखेका हुन्।

विज्ञापन

‘गठबन्धन सहायक पक्ष हो, सकेसम्म चुनावसम्म लैजानुपर्छ,’ उनले भनेका छन्, ‘तर गठबन्धनकै भर पर्नु हुँदैन। हामी माओवादीले हाम्रै जमिनमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस