सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • फरार रहेकी प्रदेश सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी
समाचार

फरार रहेकी प्रदेश सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी

मोरङ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले प’क्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।

विज्ञापन

प्रदेश १ एमालेले संसदीय दलका नेता भीमप्रसाद आचार्य, पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश इन्चार्ज देवराज घिमिरे र प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई प्रदेश सांसद खातुनलाई मतदान गराउने जिम्मेवारी दिएको हो ।

विज्ञापन

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सांसद खातुनलाई मतदान गराउने वतावरण बनाउने प्रयास भइरहेको बताए । प्रदेश सांसद खातुनलाई मतदान गर्ने वातावरण मिलाउनका लागि प्रदेशका नेताहरूलाई जिम्मेवारी दिइएको उनको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङले फरार रहेकी प्रदेश सांसद खातुनलाई समात्न सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान गर्न आउने क्रममा नै समात्नका लागि प्रहरीले जिल्लाभरि सादा पोसाकमा प्रहरी परिचालन गरेको हो । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले प्रदेश सांसद खातुनको हकमा गर्नुपर्ने काम प्रहरीले कानुनअनुसार गर्ने बताए । प्रदेश सांसद खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छिन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस