काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसैसाता मन्त्रिपरिषदलाई पूर्णता दिन तयारी गरेका छन् । हाल मन्त्रीविहीन रहेको रक्षा र उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफै सम्हालिरहेका छन् । तर अब भने देउवाले उक्त मन्त्रालयहरुलाई पनि पूर्णता दिने भएका छन् ।
विज्ञापन
काँग्रेशको १४औँ महाधिवेशनमा पराजित भएपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिइसकेका थिए ।
विज्ञापन
त्यस्तै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पनि राजीनामा दिइसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको सम्बन्धका कारण आलोचना भएपछि हमालले राजीनामा दिएका थिए । अब नयाँ मन्त्रीका रुपमा को आउने भन्ने चर्चासमेत काँग्रेसमा चल्न थालेको छ ।
प्रधानमन्त्री देउवाले काँग्रेसको १४औँ महाधिवेशनम आफ्रूलाई सभापति बनाउन प्रशस्तै सहयोग गरेका प्रकाशमान सिंह वा उनको रोजाइमा एक मन्त्री नियुक्त गर्ने लगभग निश्चित जस्तै भएको काँग्रेसमा चर्चा छ । सम्भवत नेता प्रकाशमान सिंहलाई नै उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मा दिइन सक्ने एक पक्षको भनाइ छ ।
उक्त अवस्थामा वर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई रक्षाम तानिने छ । तर प्रकाशमान मन्त्री बन्ने अनिच्छुक भएको अवस्थामा सिंहकै रोजाईमा कुनै एक मन्त्री बन्ने लगभग निश्चित भएको स्रोतले बतायो ।
यसअघि प्रधानमन्त्री र प्रकाशमान सिंहबीभ बालुृवाटारमा छलफल भएको थियो । उक्त छलफलमा नेता सिंहले मन्त्रालयका सिंहलाई मन्त्री दिने वा आफ्नो फेवरका कोही मन्त्री बन्ने लगभग निश्चित भएको स्रोत बताउछ । यदी सरकारमा सहभागी नभएपनि पार्टीको संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेको बताइएको छ ।
तर सिंहको सचिवालयले भने देउवा र सिंहबीच सरकार संचालनको विषयमा मात्रै छलपलल भएको र सिंह मन्त्री बन्ने समभावना नरहेको दावी गरेको छ ।
उता उद्योग मन्त्रीमा भने राज्यमन्त्री उमेश श्रेष्ठलाई पठाउने तयरी छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो पक्षलाई समेट्न जोड गरिरहेका छन् । नेता पौडेलले तेजुलाल चौधरीलाई उद्योगमन्त्री बनाउन प्रयास गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु