चितवन ।
चितवनका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङले चितवन महोत्सव लागिरहेको स्थालमै पुगेर महोत्सव बन्द गर्ने निर्देशन दिएका छन् ।
विज्ञापन
बुधवार मध्यान्ह १२ बजेको समयमा चितवनका सिडीओसहित भरतपुर महानगरकी मेयर रेनु दाहाल ,उपमेयर पार्वती शाह ठकुरी र चितवन प्रहरीका प्रमुख ओमप्रकाश अधिकारी सहितको टोली महोत्सव स्थल नारायणी नदि किनारमा पुगेको थियो ।
विज्ञापन
जिल्ला प्रशासन र सरोकार वालासँगको सर्वपक्षीय बैठकले गत आइतबारबाट सुरु भएको महोत्सवलाई कोरोनाको जोखिमका कारण भन्दै दुई दिनको समय दिएर २९ गते बन्द गराउने निर्णय भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु