शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • ‘बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ, मध्यरातमा पनि सहयाेग गर्न तयार छु’
समाचार

‘बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ, मध्यरातमा पनि सहयाेग गर्न तयार छु’

काठमाण्डौ । 

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।

विज्ञापन

उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्नुहुँदै जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’

विज्ञापन

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गर्नुभएको हो । उहाँले ठूला योजनाहरूमा पालिका र स्थानीय नागरिकलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै मन्त्री शर्माले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । उहाँले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताउनुभयो । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍याे । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍याे । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

अहिले पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच हिजो सोमवारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९ दशमलव ३९, चालु खर्च ३८ दशमलव ९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा अहिलेसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस