बुधबार, भदौ २४, २०८२
  • होमपेज
  • समाचार
  • स्याल जतिसुकै भए पनि सिंहको शिकार गर्न सक्दैन : बिशाल भट्टराई
समाचार

स्याल जतिसुकै भए पनि सिंहको शिकार गर्न सक्दैन : बिशाल भट्टराई

काठमाडौं ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेलाई कसैले केही गर्न नसक्ने ठोकुवा गरेका छन् ।

विज्ञापन

दिक्तेलको कभर्ड हलमा शुक्रबार आयोजित एमाले खोटाङको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले एमालेको शक्ति देखेर तर्सिएकाहरूले गठबन्धन गरेर पनि पराजित गर्न नसक्ने बताए ।

विज्ञापन

‘स्याल जतिसुकै भए पनि बाघ र सिंहको शिकार गर्न सक्दैन । स्याल जस्तै शक्तिले गठबन्धन गरेर केही गर्न सक्दैन,’ नेता भट्टराईले भने ।

मुलुकको ठूलो पार्टी भएकाले एमाले जहिल्यै जनताको माझमा लोपप्रिय भइरहने पनि भट्टराईले बताए ।

यस्तै राष्ट्रियताको पक्षमा एमाले जत्तिको पार्टी यो मुलुकमा अरु नभएकाले पनि जनता सधैं एमालेकै पासमा रहने उनले बताए ।

विकास र समृद्धिका लागि एमाले नै भरोसायुक्त पार्टी भएकाले यसको विकल्प नरहेको भट्टराईको भनाइ छ ।

धरहरा, रानीपोखरी, लुम्बिनी अस्पताल, एअरपोर्ट लगायत अन्य विकासका काम पनि एमालेकै पालामा भएकाले एमालेप्रति जनताको आकर्षण कहिल्यै नघट्ने भट्टराईले ठोकुवा गरे ।

‘धरहरा, रानीपोखरी, लुम्बिनी अस्पताल, विभिन्न एअरपोर्टहरू एमालेकै पालामा भएको हो,’ भट्टराईले भने ‘विकासको सम्वाहकको रुपमा एमाले सतिसाल झैं उभिएकाले कसैले केही गर्न सक्दैन ।’

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले जतिसुकै फुर्ती गरे पनि उसले सोचेजस्तो नहुने भट्टराईको भनाइ छ ।

‘पाँचरपाँच वटा पार्टी हुँदा पनि १ नम्बर प्रदेशमा सकिँदैन रे १’ भट्टराईले भने ‘गठबन्धनले जतिसुकै फुर्ती गरे पनि उसले सोचेजस्तो हुँदैन, एमालेजतिको सामर्थ्य भएको पार्टी यो मुलुकमा कुनै पनि पार्टी छैन ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, कर्ण घले, रमेश पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस